वर्जित मान्छेको नाममा
मङ्गलबार, १३ जेठ २०७७, १५ : ३३
बलेन टायर
कुनै कलेजको आँगनमा
सायद ऊ विद्यार्थी थिएन
निस्केन जूलूस
कुनै झण्डावाल दरबारबाट
सायद ऊ कुनै पार्टीको थिएन
मस्त छन्
महिला अधिकारकर्मीहरु
सायद ऊ कुनै आमा छोरो थिएन
मौन छन्
नागरिक अधिकारकर्मीहरु
सायद ऊ यो देशको नागरिक थिएन
मौन छन्
मानव अधिकारकर्मीहरु
सायद ऊ मानव बन्नै सकेन ।