इलाममा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
शनिबार, १७ जेठ २०७७, १९ : ३७
इलाम – इलाम जिल्ला इलाम नगरपालिका–१ साखेजुङमा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् ।
साँखेजुङमा रहेको सीटीईभीटीई कलेज नजिकै स्थानीयस्तरमा निर्माणका सामाग्री ढुवानी गर्न प्रयोग गरिँदै आएको मे १ त ४१०३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।
शनिबार दिउँसो भएको दुर्घटनामा इलाम नगरपालिका–१ साँखेजुङ निवासी योगेश मगरको इलाम अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको साँखेजुङ–१ का वडाअध्यक्ष अम्बिका गौतमले पुष्टि गरे ।
दुर्घटनामा इलाम– १ साँखेजुङका आकाश राई र ठेगाना नखुलेका निमा शेर्पा घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको र इलाम अस्पतालमा उपचार भइरहेको वडाअध्यक्ष गौतमले जानकारी दिए ।