गायक अमृत क्षेत्रीको लकडाउन क्रियशन ‘जहाजै चढेर’ (भिडियो सहित)
शनिबार, १७ जेठ २०७७, २० : ५६
काठमाडौं– गायक तथा संगीतकार अमृत क्षेत्रीले लकडाउनकै अवधिमा आफ्नो नयाँ कोशेली ‘जहाजै चढेर’ ल्याएका छन् । गीतको शब्द, संगीत र स्वर क्षेत्री कै रहेको छ ।
सुरशाला स्टुडियोको यूट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा देश बाहिर रहेका युवाको वेदनालाई प्रस्तुत गरिएको छ ।
यो गीत कोरोनाभाइरसको महामारीबाट विदेशमा त्रासपूर्ण जीवन जिउन बाध्य नेपालीहरुको आवाज भएको गायक क्षेत्रीले बताए ।
सुरशाला संगीत विद्यालयका संचालक तथा संगीत गुरुसमेत रहेका क्षेत्रीले लकडाउनको अवधिमा केही नयाँ गर्ने प्रयास स्वरुप ‘जहाजै चढेर’ आएको बताए ।