रौतहटमा थपिए २९ जना संक्रमित, दुुईहजार बढीको रिपोर्ट आउँन बाँकी
आइतबार, १८ जेठ २०७७, १८ : २२
रौतहट । रौतहटमा आईतबार फेरि २९ जना कोरोना भाईरस संक्रमित थपिएका छन् । परीक्षण भएका २ हजार भन्दा बढीको रिपोर्ट भने आउन बाँकी छ । आईतवार ईशनाथ नगरपालिकामा २१ जना र दुर्गा भगवती गाँउपालिकामा ८ गरी २९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय गौरका प्रमुख महेश साहले बताए ।
यसका साथै रौतहटमा संक्रमितको कुल संख्या २ सय १७ पुुगेको छ । जसमा एकजना रौतहट घर भई बारामा कार्यरत प्रहरी जवान समेत छन् । रौतहटको विभिन्न क्वारेनटाईनमा बसेकाहरुमध्ये तीनहजार एकसय २९ जनाको स्वाब संकलन गरी जाँचको लागि टेकु अस्पताल काठमाडौं पठाएको थियो । तीमध्ये हालसम्म दुईसय १६ पोजिटिभ र नौसय ८३ निगेटिभ रिपोर्ट आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ कार्यालय रौतहटले जनाएको छ ।