सुदुरपश्चिममा थप १८ जनामा कोरोना पुष्टि
सोमबार, १९ जेठ २०७७, १८ : ३९
कैलाली । सुदुरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । सोमबार प्रदेशको पहाडी र तराई जिल्लामा १८जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कैलाली १४ ,अछाम १, बैतडी १, डोटी १, कञ्चनपुर १ गरी १८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
उनकाअनुसार कैलालीको बर्दगोरीया गाउँपालिका ७ मा १ जना, धनगढी उपमहानगरपालिका १२ मा १, गौरीगंगा नगरपालिका७ मा ४र सोही नगरपालिका २ का ८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । ८ जना भने नगरपालिकामा रहेको मालीका क्वारेनटाईनका हुन् ।