११ महिनाअघि दिवंगत पितालाई सम्झिएर भावुक भएका थिए वाजिद खानः लेखेका थिए, ‘तपाईंलाई पुनः भेट्ने प्रतिक्षा गरिरहेछु’
बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार अबेर राती कोरोनाभाइरसको संक्रमणका कारण उनको निधन भएको हो । ७ वर्ष अघि वाजिदले आफ्नो पिता गुमाएका थिए । तर उनले आफ्नो बुवालाई आफ्नो यादबाट कहिले बिलिन हुन दिएनन् । ११ महिना अघि वाजिदले आफ्नो पिताको छैटौं पुण्यतिथीमा भावुक पोस्ट साझा गरेका थिए जसमा उनले बुवालाई असाध्यै याद गर्ने र उनलाई अर्कोपटक नभेटुञ्जेलसम्म प्रतिक्षा गरिरहेको बताएका थिए ।
Six years hv just passed away without you PAPPA... Not a single day goes without thinking of you... Life has changed a lot but I miss you more n more as days passes... Aap ki kami bahut Mehsoos hoti hai... waiting till I meet you again...Love you miss you forever pic.twitter.com/vo9L1xopD7
— Wajid Khan (@wajidkhan7) July 3, 2019
वाजिदले लेखेका थिए, ‘तपाईं बिना ६ वर्ष बितिसकेको छ पापा । तर तपाईंलाई नसोची एक दिन पनि बितेको छैन । जीवनमा धेरै कुरा परिवर्तन भइसकेको छ । तर दिन बित्दै जाँदा, तपाईंको याद अझै धेरै आउन थालेको छ । तपाईंको कमी असाध्यै महसुस हुन्छ । तपाईंलाई पुनः भेट्ने प्रतिक्षा गरिरहेको छु । तपाईंलाई सधैं माया गर्छु, याद गर्छु ।’
सन् १९९६ मा संगीत निर्देशकको रुपमा काम सुरुः
साजिद–वाजिदको जोडीले सन् १९९९ मा सलमान खान स्टारर प्यार किया तो डरना क्या बाट संगीत निर्देशनको सुरुवात गरेका थिए । यद्यपि, फिल्ममा उनीहरुको एउटा मात्रै ‘तेरी जवानी’ बोलको गीत थियो । त्यसपछि हेलो ब्रदर, चोरी चोरी, मुझसे सादी करोगी, पार्टनर, वीर, जुड्वा टु र दबंग थ्रीमालगायत थुप्रै फिल्ममा उनीहरुले संगीत दिए । उनको निर्देशनमा बनेको अन्तिम गीत ‘भाइभाइ’ केहि दिन अघि इदमा रिलिज भएको थियो जसमा सलमानको स्वर रहेको थियो ।