सुरु भयो रोपाइँ, तस्विरमा हेर्नुहोस्
मङ्गलबार, २० जेठ २०७७, ०९ : ३५
असार महिना नजिकिएसँगै भक्तपुरमा रोपाइँ गर्न थालिएको छ । कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको लकडाउनका बीच पनि किसानहरुले रोपाइँ सुरु गरेका हुन् ।
अबको केही दिनमा नै मनसुन सक्रिय हुने मोसमविद्हरुले भनाइ छ । गत वर्ष पर्याप्त वर्षाका कारण रोपाइँ प्रभावित भएकोमा यो वर्ष भने समयमा नै मनसुन शुरु हुने र पर्याप्त वर्षा हुने अपेक्षा गरिएको छ । तर, लकडाउनका कारण कतिपय क्षेत्रमा भने मल र बिऊ नपुगेको गुनासो पनि किसानहरुको रहेको छ । हेरौँ, भक्तपुरको चाँगुनारायण क्षेत्रमा गरिएको रोपाइँका केही दृश्यहरुः