कोरोना प्रभावित नेपालीलाई आईएमईको सहयोग
युएई । युएईमा समस्यामा परेका नेपाली नागरिकहरुलाई लागि आइएमई नेपालले राहत स्वरुप खाद्यान्न सहयोग गरेको छ ।
कोरोना कारण उत्पन्न असहज परिस्थितिमा आईएमई नेपालले तीन चरण गरेर ५ हजार दिराम (करिब १ लाख ५५ हजार रुपैयाँ बराबर)को खाद्यान्न उपलब्ध गराएको आइएमइ नेपालका युएई प्रमुख उत्तम बस्नेतले रातोपाटीलाई बताए।
युएईमा एनआरएनए र नेपाली समाज युएईले फरकफरक समूह बनाएर समस्यामा परेका नेपालीहरुलाई राहत उपलब्ध गराउँदै आएकोमा आइएमईले दुबै समूहलाई राहत वितरणका लागि खाद्यान्न उपलब्ध गराएको हो ।
एनआरएनए युएईको समूहलाई २ हजार दिराम बराबरको ८ सय ५० केजी दाल र चामल एनआरएनकर्मी पासाङ शेर्पा र विकास शाहीलाई उपलब्ध गराएको आइएमइका युएई प्रमुख बस्नेतले जानकारी दिए ।
त्यसैगरी नेपाली समाज युएईको नेतृत्वलाई पनि आइएमईले पहिलो चरणमा ४ सय केजी खाद्यान्न उपलब्ध गराइसकेको छ । यो राहत आबुधाबी क्षेत्रमा रहेका अभियन्ता कृष्ण गौतम र दुर्योधन कार्कीलाई हस्तान्तरण गरिएको थियो। बस्नेतका अनुसार केही दिन भित्रमा बाँकी २ हजार दिराम बराबरको राहत सामग्री नेपाली समाज युएई अन्तर्गत सञ्चालित कोभिड-१९ राहत उद्धार तथा सूचना संकलन केन्द्रलाई हस्तान्तरण बताए।