जुम्लामा क्वारेन्टिनमा एक जनाको मृत्यु
शुक्रबार, २३ जेठ २०७७, ०८ : ३४
जुम्ला – जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ ।
चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।
प्रहरी नायव उपरीक्षक लालबहादुर धामी अनुसार उक्त व्यक्ति २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।
यस विषयमा थप अनुसन्धान गर्न प्रहरी क्वारेन्टिनमा पुगिसकेको र कर्णाली प्रतिष्ठानको टोली स्वाब संकलनको लागि उक्त क्वारेन्टिनमा जाने तयारीमा रहेको प्रहरी नायव उपरीक्षक धामीले बताए ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाका अनुसार मृतक दमको रोगी भएको थिए ।