म्यानमारबाट आइपुगे नेपाली, तस्विरमा हेर्नुहोस्
शुक्रबार, २३ जेठ २०७७, १२ : १४
म्यानमारबाट २६ जना नेपाली स्वदेश आइपुगेका छन् । म्यानमारबाट नेपाली नागरिक लिएर आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार बिहान अवतरण भएको हो ।
म्यानमारबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका नेपालीहरुलाई बसुन्धारस्थित पार्टी प्यालेसको होल्डिङ सेन्टरमा लगिएको छ । होल्डिङ सेन्टरमा राखिएपछि उनीहरुलाई तोकिएको क्वारेन्टिनमा लगिनेछ । त्यसका लागि त्रिभुवन अन्तराष्टिय विमानस्थलबाट नेपाली सेनाको टोलीले व्यवस्थापन गर्नेछ ।
हेर्नुहोस् तस्विरः