मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एप्पलको नयाँ आइप्याड सार्वजनिक

बुधबार, २१ भदौ २०७४, १७ : ५४
बुधबार, २१ भदौ २०७४

काठमाडौं– नेपालका लागि एप्पलको आधिकारिक विक्रेता इभोस्टोरले नयाँ आधुनिक ‘आइप्याड प्रो १०.५’ सार्वजनिक गरेको छ । कम्पनीले लाविम महत, शेर्पा महल र मर्कनटायल प्लाजास्थित एप्पलको शोममा यो आइप्याड सार्वजनिक गरेको हो । 

प्रोमोटन टेक्नोलोजीको साथमा आइप्याड प्रो चहकिलो तथा कम छायाँ प्रकाशन मात्र नभई अझ उत्तरदायी रहेको जनाइएको छ ।

यो तीन भिन्न रुपमा पाइने छ । ६४ जीवी, २५६ जीवी र ५१२ जीवी दुवै वाइफाई र वाइफाई प्लस कुल माडल्समा यसका मुल्य ८८ हजार रुपैयाँ छ । यसले ग्राहकको सुबिधालाई मध्यनजर गर्दै विभिन्न बैङ्क तथा वित्तीय संस्थासंघको सहकार्यमा किस्ताबन्दीको बिकल्प प्रदान गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप