मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ट्रान्सन होल्डिङ्गको तीन नयाँ ब्रान्ड नेपाली बजारमा

बुधबार, २१ भदौ २०७४, १८ : ०७
बुधबार, २१ भदौ २०७४

काठमाडौं– मोबाइल उत्पादक तथा कम्युनिकेशन डिभाइस वितरक कम्पनी ट्रान्सन होल्डिङ्गले तीनवटा नयाँ ब्रान्ड नेपाली मोबाइल बजारमा भित्र्याएको छ । 
कम्पनीले टेक्नो, आइटेल र ओराईमो ब्रान्ड ट्रान्सन होल्डिङ्गको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइलद्वारा विक्री हुनेछ । 

कम्पनीकाअनुसार आइराइमो मोबाइलमा १२ महिनाको वारेण्टी साथै टेक्नोमा १३ महिना र आइटेलमा १२ महिनाको वारेण्टीबाहेक अत्याधुनिक सेवा स्वरुप एक सय  दिनसम्म सट्टा गर्न मिल्ने वारेण्टी सुविधा समेत छ ।

यी नयाँ मोबाइलको उद्घाटनको क्रममा बोल्दै ट्रान्सन होल्डिङ्ग नेपालका मुख्य प्रबन्ध निर्देशक मार्को माले मोबाइल फोन र एक्सेसरिजका लागि नेपालमा ठूलो सम्भावना रहेको कुरा बताए । 

साथै उनले ग्राहकको समयअनुसारको मागलाई अझै पनि पुरा गर्न नसकिएको अवस्थामा यी तीन मोवाइल लन्च गरेर ग्राहकको चाहनालाई परिपूर्ति गर्ने र ग्राहकलाई विशिष्ट एवं अत्याधुनिक सेवा प्रदान गर्ने लक्ष्य राखिएको बताए । 

महालक्ष्मी मोबाइलका जनरल म्यानेजर सन्तोष भण्डारीले यो एउटा महत्वपूर्ण शुरुवात भएको बताए । ट्रान्सन होल्डिङ्गको विश्वभर ५८ वटा देशहरुमा उपस्थिति रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप