सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चीनमा भेटिए ६ नयाँ संक्रमित, पाँचजना बिना लक्षणका

सोमबार, २६ जेठ २०७७, ०६ : ५०
सोमबार, २६ जेठ २०७७

पछिल्लो २४ घण्टामा चीनमा कोरोनाभाइरसका ६ नयाँ संक्रमित फेला परेका छन् । यीमध्ये ६ जनामध्ये पाँचजना संक्रमितमा कुनै लक्षण देखिएका थिएनन् ।

रोयटर्सका अनुसार एकदिन अघि मात्रै तीन नयाँ संक्रमित भेटिएका थिए ।

नेशनल हेल्थ कमिशनका अनुसार पाँचजनामा कोरोनाका कुनै पनि लक्षण देखिएका थिएनन् ।

जोन्स होपकिन्स युनिभर्सिटीको वेबसाइटमा भएको जानकारी अनुसार चीनमा ८४ हजार बढि संक्रमित भेटिएका छन् । यहाँ हालसम्म ४ हजार ६ सय ३८ को मृत्यु भइसकेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप