मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आइफोन र म्याकबुकहरुमा ‘जेननेक्स्ट दशैं र तिहार अफर’

बुधबार, २१ भदौ २०७४, १९ : ०३
बुधबार, २१ भदौ २०७४

काठमाडौं – जेनेरेसन नेक्स्ट कम्यूनिकेसन्सले एप्पलको नेपालका लागि आधिकारिक रुपमा एप्पलका आधिकारिक उत्पादनहरु मात्र बजारमा बितरण गर्दै आएको छ । 
कम्पनीले दशैं तिहार अफर  समेत घोषणा गरेको छ । दशैं र तिहारको अवसर पारेर, ग्राहकहरुले प्रत्येक आइफोनको खरिदमा चाँदीको सिक्का उपहार प्राप्त गर्न जनाएको छ ।

 

 दशैं र तिहारको अवसर पारेर म्याकबुकहरुकोे खरिदमा विशेष छुट पनि प्राप्त गर्नेछन् । प्रत्येक महिना एक जना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्र मार्फत जित्न सक्नेछ भने यसका अतिरिक्त प्रत्येक आइफोन÷म्याकबुकको खरिदमा, ग्राहकहरुले प्लाटिनम होटलमा निशुल्क डिनर टिकट प्राप्त गर्न सक्ने  जनाएको छ । 

यो अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।
दशैं र तिहारको अवसरका लागिफोनहरुको मूल्य कम्पनीले यस्तो तोकेको छ: 

सि.नं.    उत्पादनहरु    मूल्य रु.
१    आइफोन ५एस    ३२,५००
२    आइफोन एसइ १६जीबी    ३८,०००
३    आइफोन एसइ ६४जीबी    ४४,०००
४    आइफोन ६ ३२जीबी    ४२,५००
५    आइफोन ६ १२८जीबी    ५५,०००
६    आइफोन ६एस ३२जीबी    ६५,०००
७    आइफोन ७ ३२जीबी    ७०,०००
८    आइफोन ७ १२८जीबी    ९५,५००
९    आइफोन ७ २५६जीबी    ९५,५००
१०    आइफोन ७प्लस ३२जीबी    ८५,०००

सक्कली भ्याट बिल र एक वर्षको वारेन्टी प्राप्तगर्नका लागि केबल आधिकारिक एप्पल उत्पादनहरु आधिकारिक बितरकबाट मात्रै किन्न कम्पनीले आग्रहसमेत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप