सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाबुछोरी कोरोना भाइरसबाट सङ्क्रमित

सोमबार, २६ जेठ २०७७, १५ : ४९
सोमबार, २६ जेठ २०७७

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा पछिल्लो पटक बाबुछोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पाल्हीनन्दन गाउँपालिका– १ का ३३ वर्षीय पुरुष र उनकी सात वर्षीया छोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । सङ्क्रमित बाबुछोरी केही दिनअघि भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका थिए ।

उनीहरुको यसअघिको आरडिटी परीक्षणमा पनि नतिजा पोजेटिभ आएको थियो । स्वाब सङ्कलन गरी परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालमा पठाइएकामा उनीहरुको नतिजा पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

योसँगै पाल्हीनन्दनमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या अहिलेसम्म २१ पुगेको छ । यस्तै निको हुनेको सङ्ख्या तीन पुगेको छ । प्रतापपुर र सुस्ता गाउँपालिकाका तीन सङ्क्रमित कोरोनामुक्त भएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप