सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कुवेतको सेल्टरमा बसेका नेपालीद्वारा नेपाल सरकारविरुद्ध नाराबाजी

सोमबार, २६ जेठ २०७७, १७ : २२
सोमबार, २६ जेठ २०७७

युएई । कुवेतको सरकारी सेल्टरमा बसेका सयौं नेपाली कामदारहरुले आइतबार साँझ नेपाल सरकार र नेपाली दूतावास कुवेतविरुद्ध नाराबाजी गरेका छन्।

नेपाल सरकारको प्राथमिकतामा परेका उन‍ीहरुको स्वदेश फर्कने कुनै टुंगो नभएपछि एकाएक सेल्टरबाट बाहिर निस्केर उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका हुन्।
उनीहरु कुवेत सरकारको एम्नेष्टि अन्तर्गत रजिष्ट्रेशन भएर बसेको आज ४४औं दिन हो।

तिन हप्ता पहिले इजिप्टका नागरिकहरुले पनि यस्तै हंगामा गरेका थिए। उनीहरुलाई नियन्त्रणमा लिन कुवेत प्रहरीले असुल ग्याँस समेत प्रहार गरेको थियो।लगतै कुवेतस्थित इजिप्ट्सियन राजदूतावासले आफ्ना नागरिकहरुलाई तुरुन्तै स्वदेश फिर्ता गरेको थियो।

उक्त सरकारी सेल्टरमा २८ सय नेपाली रहेका छन्।केहि दिन पहिले दूतावास कुवेत र एनआरएनएका प्रतिनिधिहरुले पीडितहरुलाई भेट गरेका थिए।एक पीडित भन्छन्ने-पाली दूतावासले हामीलाई कहिलेसम्म नेपाल फर्काउछन्। हामीलाई केही बताइएकाे छैन । सबै प्रक्रिया पुरा गरेर सेल्टरमा बसेको ४४ दिन भैसक्यो, अब कति दिन बस्ने? 

केहि हप्ता अगाडि सेल्टरमा रहेका नेपालीले आफूहरुलाई चाडो नेपाल फर्काउन पहल गरिदिन भन्दै सामाजिक संजालमा आक्रोश पोखेका थिए।

यता कुवेत स्थित नेपाली दूतावासले नेपाल फर्कनै पर्ने अवस्थाका नेपाली नागरिकहरुको स्वदेश फर्काउने प्रक्रिया भैरहेको जनाएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप