सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिए

सोमबार, २६ जेठ २०७७, २२ : २४
सोमबार, २६ जेठ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा ३७  जना कोरोना संक्रमित थपिएका छन । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमबार गरिएको स्वाव परीक्षणमा प्रदेशमा एकैदिन ३७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । अस्पतालले दिएको जानकारी अनुसार कैलाली, कञ्चनपुर, दार्चुला र डडेल्धुरामा नया“ कोरोना संक्रमित पुष्टि भएका हुन् ।

सेती अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशमा ३ महिला र ३४ पुरुषमा कोरोना पुष्टि भएको उल्लेख छ । प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरमा २ महिला र १७ पुरुष गरी १९, दार्चुलामा १०, डडेल्धुरामा एक महिला र ६ पुरुष गरी सात जना नया“ कोरोना संक्रमित पुष्टि भएको हो । यस्तै, कैलालीको जानकी गाउ“पालिकाका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप