सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

के चीनमा निकै अघिदेखि नै सुरु भइसकेको थियो कोरोनाभाइरसको प्रकोप ?

मङ्गलबार, २७ जेठ २०७७, ०७ : ३४
मङ्गलबार, २७ जेठ २०७७

कोरोनाभाइरसको संक्रमणको सुरुवात चीनको ऊहान शरहबाट भएको थियो । चीन हुँदै यो भाइरस लगभग संसारको सबै देशमा फैलिसकेको छ । संसारभरी ७० लाख ८५ हजार बढी संक्रमित छन् र चार लाख बढीको मृत्यु भइसकेको छ ।

अमेरिकासमेत थुप्रै देशले कोरोना भाइरसमाथि चीनको भूमिकामाथि शंका जताउँदै आएका छन् । चीनले भाइरसको विषयमा पारदर्शिता नअपनाएको भन्दै अमेरिकाले लगातार आरोप लगाउने गर्छ । यद्यपि, चीनले यस्ता आरोप खण्डन गर्दै आएको छ ।

तर अब एक अध्ययनमा केही यस्तै दाबी गरिएको छ ।

 हार्वर्ड मेडिकल स्कूलमा गरिएको एक शोधका अनुसार चीनमा भाइरसको संक्रमण निकै अघिदेखि नै सुरु भइसकेको हुनसक्छ ।

कमर्शियल सेटलाइट इमेजरीको मद्दतले ऊहान शहरका केही तस्बिरहरु अध्ययन गरेको छ । यी तस्बिर सन् २०१९ अगस्टको हो । जसमा ऊहन शहरको अस्पताल बाहिर अत्यधिक मात्रामा सवारी साधन देखिएका छन् । शोधका अनुसार जानकारी दिनुभन्दा निकै अघिदेखि नै चीनमा कोभिड–१९ को प्रकोप सुरु भइसकेको हुनसक्छ ।

अनुसन्धानकर्ताले त्यतिबेला ऊहानका पाँच ठूला अस्पताल बाहिर आश्चर्यजनक रुपमा सवारीसाधनको कुरा गरेका छन् । यद्यपि, अस्पताल पुगेका बिरामी मौसमका कारण रुघा–खोकी, ज्वरो र झाडालगायतका सामान्य लक्षण देखिएको हुनसक्छ जुन कोभिड–१९ को पनि सामान्य लक्षण हो ।

 डा. जोन ब्राउनस्टेनले यो अध्ययनलाई नेतृत्व गरिरहेका छन् । उनले प्रमाण परिस्थितीजन्य भएको बताउँदै एक टेलिभिजन कार्यक्रममा यो तथ्यले भाइरसको उत्पत्ति बुझ्न महत्वपूर्ण भूमिका निभाउने कुरामा आफू विश्वस्त भएको बताए ।

उनले भने, ‘अक्टाबेरमा केही भइरहेको थियो ।’

‘स्पष्ट रुपमा भन्ने हो भने कोरोना भाइरसको महामारीको सुरुवात भयो भनेर घोषणा गर्नुअघि त केही सामाजिक व्यवधान त पक्कै थियो ।’

सन् २०१९ डिसेम्बरमा चीनले विश्व स्वास्थ्य संगठनले कुनै अज्ञात कारणले निमोनियाजस्ता रोग देखिएको बारे सूचित गरेको थियो । त्यसको ९ दिनपछि अधिकारीले निमोनियाका धेरैजसो बिरामीमा कोरोना भाइरसको पहिचान गरेको जानकारी दिएको थियो ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप