सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मंगलबारको मौसमको पूर्वानुमान

मङ्गलबार, २७ जेठ २०७७, ०८ : ५१
मङ्गलबार, २७ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल  नेपालमा स्थानीय वायु, पश्चिमी  वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापिय प्रणालीको प्रभाव  रहेको छ ।

यसैगरी, हाल देशको प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका धेरै भूभाग र प्रदेश १ का पहाडी भूभागहरूमा सामान्य बदली रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सहित प्रदेश २ का केहि भूभागमा आंशिक बदली रहेको देखिन्छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि भू(भागमा हल्का बर्षा भइरहेको  महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख गरिएको छ । 

मंगलबार दिउँसो प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली  तथा प्रदेश २ र प्रदेश ५ मा आंशिक बदली  रहनेछ । 

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेश, सुदुर पश्चिम  प्रदेश, प्रदेश २ र प्रदेश ५ का एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानले जनाएको छ ।  

यस्तै, राति  प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली  तथा प्रदेश २, प्रदेश ५ र  सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। 

भने प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङ सहित वर्षाको   सम्भावना रहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप