सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मृत्यु र संक्रमण अमेरिकामै बेसी

कोरोनाले सबैभन्दा पीडित १० राष्ट्रहरु
मङ्गलबार, २७ जेठ २०७७, ०९ : ३५
मङ्गलबार, २७ जेठ २०७७

चीनको ऊहानबाट देखापरेको तथा हाल सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसको कहर संसारभरि अझै जारी छ । यसक्रममा यो भाइरसको आक्रमणबाट सबैभन्दा आक्रान्त चाहिँ अमेरिका बनेको छ । विश्वकै सबैभन्दा शक्तिशाली, ठूलो अर्थतन्त्र र बलियो स्वास्थ्य प्रणाली भएको मानिएको देश अमेरिकामा यतिखेर १९,६०,६४२ जना संक्रमति भइसकेका छन् ।

सोही भाइरस संक्रमणका कारण अमेरिकामा मात्रै १,१०,९९० जनाको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरसको संक्रमणले सबैभन्दा बढी पीडित दोस्रो राष्ट्रमा ब्राजिल छ । हालसम्म त्यहाँ ७,०७,४१२ जना संक्रमित भइसकेका छन् । त्यसपछि क्रमशः रुस (४,७६,०४३), बेलायत २,८८,८३४), भारत (२,६५,९२८), स्पेन (२,४१,७१७), इटाली (२,३५,२७८), पेरु (१,९९,६९८), फ्रान्स (१,९१,३१३) र जर्मनी (१,८६,१०९) जना छन् ।

कोरोना संक्रमणकै कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमा अमेरिकापछि बेलायतको नाम आउँछ । त्यहाँ हालसम्म ४०,६८० जनाको मृत्यु भएसकेको छ । त्यसपछि क्रमशः ब्राजिल (३७,१३४), इटाली (३३,९६४), फ्रान्स (२९,२१२), स्पेन (२७,१३६), मेक्सिको (१४,०५३), वेल्जियम (९,६०६), जर्मनी (८,६९५) र इरान (८,३५१) जना छन् ।

तथ्यस्रोतः जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसिन। (२०७७ जेठ २७ गते बिहान ९ः३० बजेसम्मको तथ्यांक)   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप