मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

लेली वाइनले आवश्यक कच्चापदार्थ स्वदेशमै उत्पादन गर्ने

बुधबार, २१ भदौ २०७४, २० : २७
बुधबार, २१ भदौ २०७४

 काठमाडौं –नेचुरल आग्र्यानिक वाइन उत्पादन गर्दै आइरहेको लेली वाइनले आफ्नो उत्पादन र बाजारीकरण फराकिलो बनाउन महत्वकांक्षी नयाँ योजनाहरु अघि सारेको छ । 

कम्पनीले वाइन उत्पादनका लागि आवश्यक कच्चा पदार्थ नेपालमै उत्पादन गर्ने उद्धेश्यले रामेछाप आसपासका क्षेत्रमा विशाल अनारखेतीको लागि अध्ययन तथा सम्भाव्यताको खोजी गर्ने जनाएको छ । त्यस्तै, अंगुर उत्पादनका लागि तराई क्षेत्रमा उपुयक्त जग्गाको छनोट तयारी गरीरहेको लाइक नेचुरल लेले वाइनका डाइरेक्टर कृष्ण थापाले जानकारी गराए ।

 वाइन उत्पादनस्थल लालितपुर लेलेमा भुई स्याउको विरुवा कृषकलाई निशुल्क वितरण गर्दै आवश्यक कच्चा उत्पादनमा कम्पनी अघि बढेको कम्पनीले जनाएको छ ।नेपालमा वाइनका लागि आवश्यक कच्चा पथार्थको रुपमा प्रयोग हुने अंगुर ठूलो मात्रामा विदेशबाट आयात हुने गर्दछ । उक्त समस्याको समाधानका लागि कम्पनीले आफैं स्थानीय कृषकहरु मार्फत उत्पादन गर्न लागेको जनाएको छ ।


त्यस्तै, कम्पनीले वाइन बजारमा एक नम्बर बन्ने लक्ष्यका साथ आक्रमक उत्पदान बजारीकरण गर्ने लक्ष्य लिएको कार्यकारी निर्देशक विकास खतिवडाले बताए । राजधानीमा एक विशेष कार्यक्रमा आयोजना गर्दै उनले यस्तो लक्ष्य रहेको बताएका हुन् ।स्वदेशी उत्पादन वाइन उत्पादन कम्पनीहरु मध्ये अग्रणी स्थानमा बजारीकरण गर्दै आइरहेको प्रसिद्ध लेली वाइनका लेली (स्वीट रेड), लेली (स्वीट लोडिज स्पेशल) र लेली स्वीट ह्वाइट वाइन उत्पादनमा छन् । 

शत प्रतिशत फलफुलबाट उत्पादन गर्दै आइरहेको उद्योगले कृषकको आर्थिक जिवन स्तर उकास्ने र उनीहरुद्धारा नै उत्पादित कच्चा पदार्थ लिने लक्ष्य रहेको कम्पनीले दावी गरेको छ ।वाइन तथा रक्सि आयात होइन अव हामीले निर्यात गर्नु पर्ने उद्योगका कार्यकारी निर्देशक विकास खतिवडाले बताए ।

उनले भने, ‘जापान र चाइनामा रक्सी निर्यातको लागि तयारी गरिरहेका छौं ।’ रक्सीमा शतप्रतिशत फलफुलको प्रयोग हुने भएकाले उपभोक्ताको माझ चाडैं लोकप्रिय हुने विस्वास लिएको उनले बताए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप