भरुवा बन्दुकसहित २६ वर्षीय युवक पक्राउ
मङ्गलबार, २७ जेठ २०७७, १८ : २२
ओखलढुंगा । लिल्लाको सुनकोशी गाउँपालिका ४ टिपटारका एक युवकलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ । सोमबार स्थानीय २६ वर्षीय युवराज राईलाई मानेभज्याङ गाउँपालिका ८ भालुखोलामा भरुवा बन्दुक लुकाई राखेको गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले बन्दुकसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । उनलाई हातहतियार तथा खरखजना शीर्षकमा मुद्धा चलाई म्याद थप गरिएको प्रहरीले जानकारी दिएको छ ।