सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नक्कली सेनिटाइजर बनाएर बिक्री गरेको आरोपमा २ जना पक्राउ

मङ्गलबार, २७ जेठ २०७७, १८ : ४१
मङ्गलबार, २७ जेठ २०७७

काठमाडौं । काठमाडौंबाट नक्कली सेनिटाइजर बनाई बिक्री वितरण गरेको आरोपमा २ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले भारत घर भई खुसिबु नयाँ बजार बस्ने अब्दुल मनान र कलंकी घर भएका प्रदिप उपाध्यायलाई ठुलो मात्रामा नक्कली सेनिटाइजर बनाउने कच्चा पदार्थसहित पक्राउ गरेको हो । उनीहरुसँगै २ वटा ट्याक्सी समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुबाट स्यानिटाइजर  बनाउन प्रयोग गरिने ३२ सय ९० लिटर कच्चा पदार्थ पनि बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख दिपक थापाले जानकारी दिए । साथै ८ बोतल (जम्बो) र साना बोतलमा राखिएको ५ लिटर स्यानिटाइजर समेत बरामद गरिएको थापाले बताए । उनीहरुले लकडाउनका बेला कस्मेटिक सामानको आवरणमा नक्कली सेनिटाइजर बनाएर बिक्री गर्ने गरेको प्रहरीको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप