सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बुधवार कुवेतबाट ३ सय नेपाली स्वदेश फर्कदै

मङ्गलबार, २७ जेठ २०७७, २१ : ५७
मङ्गलबार, २७ जेठ २०७७

आममाफी पाएर कुवेत सरकारको सेल्टरमा बसेका ३ सय नेपालीस्वदेश फर्किने भएका छन्। जजिरा एअरवेज मार्फत उनLहरु भोलि  बुधवार नेपाल फर्कन लागेका हुन्।

कुवेत सरकारले नै आममाफीमा सहभागी भएर बसेका उनीहरुलाई दुइ वटा फ्लाइटबाट नेपाल पठाइदिने भएको हो ।

घरफिर्ती केन्द्रमा रहेका २ हजार ९९१ जनाको सूची कुवेतस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई बुझाएको भएपनि  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तीन सय जनाको सूची फाइनल गरेर तत्काल उद्दार गर्ने निर्णय गरेको थियो।

आममाफीमा सहभागी भएका मध्ये ३ सय जनालाई दुई वटा उडानमार्फत कुवेत सरकारले नेपालसम्म पुर्‍याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए।

कुवेतबाट जजिरा एअरवेजले नेपालीहरुलाई लिएर जाने छ। तर समय भने टुङ्गो लाग्न बाँकी छ।कुवेत सरकारले भिसाको अवधि सकिएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा कागजातबिहीन भएका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाजमार्फत नेपाल ल्याइदिन लागेको यो पहिलो उडान हो। साथै,नेपाल सरकारको मापदण्डअनुसार कुवेतले नेपाल फर्कनेहरुको कोरोना जाँच पनि आफैंले गरिदिने  भएको छ।

गएको अप्रिल २६ देखि ३० सम्म कुवेतले दिएको चार दिनको आममाफीको समयमा झण्डै तीन हजार नेपाली सहभागी  भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप