भेदभावका कारण ज्यान गुमाएकाहरुको स्मृतिमा राजधानीमा दीप प्रज्वलन, तस्विरमा हेर्नुहोस्
मङ्गलबार, २७ जेठ २०७७, २२ : १०
अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्यु भएसँगै विश्वभर नस्लवाद, जातिवाद र भेदभावविरुद्ध प्रदर्शन भइरहेको छ । नेपाल पनि यस्तै प्रकारको भेदभावबाट अछुतो छैन । हालै मात्रै रुकुममा जातीय भेदभावका कारण जाजरकोटका ६ जना युवाहरुले ज्यान गुमाउनुपरेको थियो ।
यस्तै भेदभावमा ज्यान गुमाएकाहरुको स्मृतिमा मंगलबार राजधानी दीप प्रज्वलन गरिएको छ । प्लेकार्डसहित भेला भएका युवाहरुले दीप प्रज्वलन गर्नका साथै भेदभावविरुद्ध ऐक्यबद्धता जनाएका थिए ।