सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दक्षिणपश्चिम चीनमा भीषण बाढी, ८ जनाको मृत्यु

मङ्गलबार, २७ जेठ २०७७, २३ : ०१
मङ्गलबार, २७ जेठ २०७७

एजेन्सी । चीनको दक्षिणपश्चिम प्रान्त क्विझाओमा केही दिनदेखि अविरल वर्षापछि आएको बाढी र डुवानका कारण कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय विपत व्यवस्थापन विभागले जनाएको छ । वर्षाका कारण दुई लाख १५ हजारभन्दा बढी व्यक्ति प्रभावित बनेका स्थानीय प्रशासनले बताएको छ ।

मे ३१ गतेदेखि निरन्तर परेको वर्षाका कारण कम्तीमा आठ शहर प्रभावित बनेका छन् भने हजारौँ नागरिकलाई सुरक्षितस्थलमा सारिएको छ । मङ्गलबार विहानसम्म् बाढीकाा कारण कम्तीमा १० हजार ७०० हेक्टर जमिनको वाली रे दुई हजार ८६६ घरहरूमा क्षति पुगेको विभागले बताएको छ ।

क्विझाओ प्रान्तले बाढी तथा डुवानबाट बढी प्रभावित क्षेत्रमा ६८ लाख युआनसहित विपत व्यवस्थापनका लागि आवश्यक सामानहरू तत्काल राहतका रूपमा पठाएको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप