सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हार्वर्ड युनिभर्सिटीको दाबीलाई चीनले भन्यो हास्यास्पद

बुधबार, २८ जेठ २०७७, ०७ : ३७
बुधबार, २८ जेठ २०७७

हार्वर्ड युनिभर्सिटीले चीनमा कोरोना संक्रमण अघिल्लो वर्ष अगस्ट देखि नै सुरु भएको प्रमाण भेटिएको बताएको थियो । हार्वर्ड युनिभर्सिटीको यो दाबीलाई चीनले खारेज गरिदिएको छ ।

हार्वर्ड मेडिकल स्कूले अस्पतालमा आइरहेका बिरामीको संख्या र सर्च इन्जिनको डाटाको आधारमा यस्तो दाबी गरेको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले यो अनुसन्धानलाई हास्यास्पद बताएको छ । उक्त अनुसन्धानले संक्रमण कहिलेदेखि सुरु भएको हो भनेर केही जानकारी नदिइएको वैज्ञानिकले भनेका छन् ।

यो अनुसन्धानमा चीनको ऊहान अस्पतालमा पार्किङमा राखिएको गाडीको गन्ती गर्नका लागि सेटलाइट तस्बिरको प्रयोग गरियो । कोरोनाभाइरस गत वर्ष डिसेम्बरमा सबैभन्दा पहिले ऊहान शहरमा भेटिएको थियो ।

यद्यपि, हार्वर्ड मेडिकल स्कूलको यो शोधलाई अन्य वैज्ञानिकले समीक्षा गरेका छैनन् । अनुसन्धानमा खोकी र झाडाबान्ता लागेकाहरुको डाटा पनि अध्ययन गरियो ।

अनुसन्धानकर्ताका अनुसार ऊहानको अस्पतालमा आउने व्यक्तिहरुको संख्यामा र सर्च इन्जिन डाटामा वृद्धि डिसेम्बर २०१९ भन्दा अघि नै भएको थियो ।

युनिभर्सिटी अफ एडिनबरामा भायरोलोजीका विशेषज्ञ डा. पोल डिगार्डले सेटलाइट तस्बिरबाट अस्पताल आवतजावत गर्नेको संख्या र सर्च इन्जिनको डाटाको प्रयोग गर्नु एउटा रोचक आइडियो भएको जुन केही हदसम्म स्विकार्य पनि भएको बताएका छन् ।

ब्रिटेनको नटिंघम युनिभर्सिटीमा प्राध्यापक किथ निलले भने, ‘यो एउटा रोचक काम हो तर मलाई लाग्दैन कि यसले हामीलाई अघि बढाउन सक्छ ।’

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप