सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बिहीबारको मौसम पूर्वानुमानः मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

बिहीबार, २९ जेठ २०७७, ०७ : ५८
बिहीबार, २९ जेठ २०७७

मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार हाल हाल  नेपालमा  स्थानीय वायु, पश्चिमी  वायु, पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव  रहेको छ ।

यसैगरी, हाल प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका भूभागमा  सामान्य बदली रही बाँकी प्रदेशका भूभागमा आंशिक बदली  रहेको छ । भने प्रदेश १, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा  हल्का बर्षा भइरहेको महाशाखाले जनाएको छ । 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा अनुसार आज दिउँसो  देशभर सामान्य बदली  रहनेछ। 

बदलीसँगै प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली प्रदेश, सुदुरपश्चिम  प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन, चट्याङ  सहित वर्षाको सम्भावना रहेको छ। 

यस्तै, राति देशभर सामान्य बदली  रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप