सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबाट विश्वमा ४ लाख १९ हजार भन्दा बढीको मृत्यु, ७४ लाखभन्दा बढी संक्रमित (अपडेट)

बिहीबार, २९ जेठ २०७७, १३ : ०५
बिहीबार, २९ जेठ २०७७

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७४ लाख ५९ हजार ७१४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

नेपाली समयानुसार बिहीबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३७ लाख ७८  हजार ५३७  जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ६२ हजार १६३ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ८८९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ६६ हजार ४०१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १५ हजार १३० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १२ लाख ६७ हजार ८८५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५४ हजार ६४८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २३ लाख ६१ हजार २५२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४० हजार ३९२ जनाको मृत्यु भएको छ । 

युरोपमा २१ लाख ३९ हजार ७३८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८० हजार ९४१ को मृत्यु भएको छ । एसियामा १४ लाख ६९ हजार १८४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३७ हजार २०३ जनाको मृत्यु भएको छ ।
  
अफ्रिकामा २ लाख १२ हजार ९२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ७१८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८९६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ । –एएफपी  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप