आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इराकको ग्रिन जोनमा २ वटा क्षेप्यास्त्र प्रहार

बिहीबार, २९ जेठ २०७७, १३ : २६
बिहीबार, २९ जेठ २०७७

बग्दाद । इराकी गृह मन्त्रालयले इराकको राजधानी बग्दादस्थित ग्रिन जोनमा बुधबार दुई वटा कात्युसा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।  सुरक्षा व्यवस्था निकै कडा बनाइएको ग्रिन जोनमा मुख्य इराकी सरकारी कार्यालयहरु र अमेरिकी राजदूतावास रहेका छन् । 

उक्त क्षेप्यास्त्र प्रहारबाट भएको क्षतिबारे केही उल्लेख छैन । ग्रिन जोनलाई लक्षित गरी विभिन्न समूहले बेलाबखत क्षेप्यास्त्र र मोर्टार प्रहार गर्ने गरिएको छ ।  बग्दाद र वासिङ्टनबीचको सम्बन्धका साथै इराकमा अमेरिकी फौजको भविष्यका बारेमा बिहीबार रणनीतिक छलफल हुनैलाग्दा यो आक्रमण भएको हो । दुबै देशका उच्च सरकारी अधिकारीहरु वार्ताका लागि इराकमा भेला भएका छन् । 

अमेरिकी ड्रोनले बग्दाद विमानस्थलमा गत जनवरी ३ मा आक्रमण गरेपछि इराक र अमेरिकाबीचको सम्बन्ध तनाबको अवस्थामा छ । उक्त आक्रमणमा इरानी क्वेड सुरक्षाबलका पूर्व कमान्डर कासिम सुलेमानी र इराकी अर्धसैनिक बल हस्द शाबीका उपप्रमुख अबु माहदी अल–मुहान्दिसको मृत्यु भएको थियो । 

अमेरिकी आक्रमण लगत्तै इराकी संसदले जनवरी ५ मा देशभित्र विदेशी सैन्यबललाई हटाउने एक प्रस्ताव पारित गरेको थियो ।  इस्लामिक स्टेट्सका लडाकू विरुद्धको संघर्षमा इराकी फौजलाई मद्दत गर्न अमेरिकाले पाँच हजारभन्दा बढी सैनिक पठाएको छ । अमेरिकी सैनिकहरुले हाल मुख्य रुपमा इराकी सेनालाई तालिम र परामर्श सेवा उपलब्ध गराइरहेका छन् । -सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप