सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रुसमा संक्रमितको तुलनामा मृत्यु हुनेको संख्या अति न्यून

बेलायत : मृत्यु आधा कम हुन सक्थ्यो, चीनमा आत्महत्या बढ्यो !
बिहीबार, २९ जेठ २०७७, १९ : १७
बिहीबार, २९ जेठ २०७७

कोरोना संक्रमितको सूचीमा रुस तेस्रो नम्बरमा आउँछ । अहिले रुसमा संक्रमितको संख्याले ५ लाख नाघेको छ । जोन हप्किन्स युनिर्सिटी अफ मेडिसिनको जेठ २९ गते बेलुकी ७ बजेको तथ्यांकअनुसार त्यहाँ संक्रमितको संख्या ५,०१,८०० पुगेको छ । तर सुखद संयोगको कुरा त्यहाँ कोरोनाभाइरसकै कारण मृत्यु हुनेहरुको संख्या चाहिँ ६,५२२ मात्रै छ ।

अर्थात् संक्रमितको तुलनामा मृत्यु हुनेहरुको संख्यामा अत्यधिक कमी रहेको छ । विश्व स्वास्थ्य संगठनले यो संख्यालाई ‘बुझ्न कठिन’ भनेको छ । यसको अर्थ के हो भने विश्व स्वास्थ्य संगठनले रुसमा मृत्यु हुनेहरुको संख्यामाथि शंका जाहेर गरेको छ ।

उता बेलायतमा लण्डनस्थित इम्पेरियल कलेजका संक्रमणविद नील फर्गुसनले बेलायतमा एकहप्ता अघि मात्रै  लकडाउन लागू गरिएको भए मर्नेहरुको संख्या अहिलेकोभन्दा आधा कम हुने बताएका छन् । उनी बेलायतका ख्यातिप्राप्त संक्रमणविद हुन् र बेलायतमा लागू गरिएका कोरोनाभाइरसविरुद्धका रणनीति उनकै मोडेलिङमा आधारित छ । जोन हप्किनसको तथ्यांकअनुसार यतिखेर बेलायतमा संक्रमितको संख्या २,९१,५८८ छन् भने संक्रमणकै कारण मृत्यु हुनेहरुको संख्या ४१,२१३ पुगिसकेको छ ।

चीनमा लकडाउनहरु खुलिसकेका छन् । यतिखेर चीनको मुख्य ध्यान विद्यार्थीहरुको मानसिक स्वास्थ्यमा केन्द्रीत गरिएको छ । लकडाउनश्चात चीनमा विद्यार्थीहरुले आत्महत्या गर्ने दर बढेर गएको छ । संघाईमा मात्रै प्राथमिक र निम्नमाध्यमिक विद्यालयका १४ जना विद्यार्थीहरुले यो वर्ष आत्महत्या गरिसकेका छन् ।

अहिलेसम्म संसारभरिमा ७,४०३,७१३ जना संक्रमित भइसकेका छन् भने ४,१७,१३३ जनाको मृत्यु भइसकेको छ । संक्रमण र मृत्यु हुनेहरुमा सबैभन्दा बढी अमेरिकामा छ । अमेरिकामा हालसम्म २,०००,४६४ जना संक्रमित भएका छन् भने तीमध्ये १,१२,९२४ जनाको मृत्यु भइसकेको छ ।

स्रोतः अलजजिराजोन हप्किनस युनिभर्सिटी अफ मेडिसिन

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप