सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चल्छन् सवारी साधन

शुक्रबार, ३० जेठ २०७७, २२ : ५७
शुक्रबार, ३० जेठ २०७७

एजेन्सी । भारतका केन्द्रीय गृहसचिव अजय भाल्लाले यातायातका साधन र ढुवानीका साधनलाई कडाई नगर्न आह्वान गरेका छन् । शुक्रबार पत्र लेख्दै उनले बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म बस, ट्रकलगायतलाई सञ्चालन गर्नका लागि अवरोध नगर्न आह्वान गरेका हुन् ।

सामाजिक दुरीलाई ख्याल गर्दै आफ्ना गतिविधिहरू गर्न दिने सरकारको नीति अनुसार नै राजमार्गहरुमा उनीहरुलाई सहज सञ्चालनका लागि आग्रह गरिएको मन्त्रालयको भनाइ छ ।  उनले लकडाउनलाई खुकुलो बनाउनका लागि केही नयाँ व्यवस्थासहित निर्देशिका जारी गरिएको पनि जानकारी दिएका छन् ।

‘अत्यावश्यक सेवा तथा कार्यबाहेक अन्य कार्यका लागि प्रतिबन्ध लगाइएकोमा अव केही खुल्ला गरिएको छ । विषेश गरेर बेलुका ९ बजेदेखि विहान ५ बजेसम्मका लागि खुल्ला गरिएको हो’ उनले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।   जुनसुकै गतिविधि गर्दा पनि सामाजिक दुरी कायम गर्ने विषयमा भने ध्यान दिन पनि उनले आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप