सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वीरगन्जमा बेवारिसे भेटिएको शवसहित ६ जनामा कोरोना पुष्टि

शनिबार, ३१ जेठ २०७७, ०७ : ४९
शनिबार, ३१ जेठ २०७७

पर्सा – पर्साको वीरगन्ज घण्टाघर नजिकै बेवारिसे पुरुषको शव र अन्य ५ जनामा कोरोना पुष्टि भएको छ । 

शुक्रबार राति गत जेठ २८ गते बेवारिसे अवस्थामा भेटिएको एक पुरुषको शव र अन्य ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जेठ २८ गते बेवारिसे अवस्थामा मृत भेटिएका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी दिए । 

यसैगरी, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वीरगन्जको कन्टी इन होटलको क्वारेन्टिनमा बसेका २  र संखुवा प्रसौनी गाँउपालिकाको क्वारेन्टिनमा बसेका ३ जनामा पनि शुक्रबार राति संक्रमण पुष्टि भएको हो ।

कन्टी इन होटलको क्वारेन्टिनमा १२ दिनदेखि बसेका वीरगन्ज ५ कुम्हाल टोलका ३४ वर्षिय महिला र १९ वर्षिय पुरुषमा शुक्रबार राति संक्रमण पुष्टि भएको हो । 

शुक्रबार राति संक्रमण पुष्टि भएका बाँकी ३ जना भने सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर २ गुलरीया गाँउका हुन् ।

गुलरीया गाँउको एकै परिवारका ३ वर्षिय बालक , १५ वर्षिय बालक र ३० वर्षिया महिलामा संक्रमण भेटिएको हो ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप