सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाँकेमा कोरोना संक्रमित हुनेको संख्या ३१५ पुग्यो

शनिबार, ३१ जेठ २०७७, १८ : १८
शनिबार, ३१ जेठ २०७७

बाँके । बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१५ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा आज बाँकेका १९ जनामा कारोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिका वडा नं ५ का तीन पुरुष, वडा नं ९ का एक पुरुष र एक महिला तथा वडा नं ८ का १० पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । उनीहरु सबै २० देखि ६० वर्ष उमेर समूहका रहेका छन् । त्यसैगरी बाँकेकै खजुरा गाउँपालिका वडा नं १ का २३ र ४० वर्षीय पुरुष तथा खजुरा– ६ का ३० वर्षीय पुरुषमा समेत कोरोना सङ्क्रमण देखिएको उनले जानकारी दिए ।

गत वैशाख १९ गते नेपालगञ्जदेखि शुरु भएको सङ्क्रमणकाक्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा, बैजनाथ, जानकी हुँदै कोहलपुर नगरपालिकासम्म पुगेको छ । बाँकेका सबै पालिकामा कोरोना फैलिसकेको छ । नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जाने गरी सबैभन्दा धेरै ११८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

त्यसैगरी जानकी गाउँपालिकामा ४१, नेपालगञ्ज उपमहानगरपालिकामा ३९, राप्तीसोनारी गाउँपालिकामा ४७, डुडुवा गाउँपालिकामा २५, वैजनाथ गाउँपालिकामा १४, खजुरा गाउँपालिकामा २७ र कोहलपुर नगरपालिकामा चार जना कोरोना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये १७० जनाले कोरोना पराजित गरी घर फर्किसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप