सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अक्सफोर्डमा परीक्षण भैरहेको सम्भावित कोरोना भ्याक्सिन खरिद गर्न ४ देशले गरे सम्झौता

शनिबार, ३१ जेठ २०७७, २३ : ०३
शनिबार, ३१ जेठ २०७७

एजेन्सी । चार युरोपियन मुलुकहरुले कोरोना भ्याक्सिनको उत्पादन र वितरणको जिम्मा लिएको अष्ट्राजेनेका कम्पनीसँग सम्झौता गरेका छन् । युरोपियन मुलुकहरु इटाली, जर्मनी, फ्रान्स र नेदरल्यान्डसले सो कम्पनीसँग भ्याक्सिन आपूर्तिका लागि सम्झौता गरेका हुन् । इटलीका स्वास्थ्यमन्त्रीका अनुसार सोही सम्झौताअनुसार उक्त कम्पनीले युरोपका नागरिकहरुका लागि कोरोना भाइरसको  भ्याक्सिन आपूर्ति गर्नेछ ।

यो सम्झौता बेलायतमा बन्ने सम्भावित भ्याक्सिनको ४ सय मिलियन डोज प्रदान गर्ने उद्देश्यले भएको हो । उक्त सम्भावित भ्याक्सिन बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरु विकास गर्ने चरणमा रहेका छन् । यो भ्याक्सिनको प्रयोगात्मक चरण सेप्टेम्बरमा अन्त्य हुने आशा गरिएको बीबीसीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप