भारतको गुजरातमा भूकम्प
आइतबार, ३२ जेठ २०७७, २३ : १२
एजेन्सी । भारतको गुजरात राज्यमा भूकम्प गएको छ । आइतबार साँझ ८ बजे ५.५ रेक्टर स्केलको भूकम्पको गएको हो । भूकम्पको केन्द्र गुजरातकै कच्छको वौंध गाउँमा परेको थियो । भूकम्पपछि क्षति विवरण भने आइनसकेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
यसअघि ६ जूनमा उत्तर गुजरातमा ४.८ रेक्टर स्केलको भूकम्पको झड्का महसुस गरिएको थियो भने १९ वर्ष पहिले अर्थात सन् २००१ जनवरी २६ मा गुजरातमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो । त्यसबेला १३ हजारभन्दा बढी मानिसको ज्यान गएको थियो ।