सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सोमबारको मौसम पूर्वानुमान, बाग्मती प्रदेशमा भारी वर्षाको सम्भावना

सोमबार, ०१ असार २०७७, ०७ : ४८
सोमबार, ०१ असार २०७७

मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार नेपालमा आज पूर्वी भूभागबाट मनसुनी वायु र पश्चिमी भूभागमा पश्चिमी  वायुको प्रभाव रहेको छ।

यसैगरी, हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र  साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा  वर्षा भइरहेको पूर्वानुमानमा उल्लेख छ । 

महाशाखाका अनुसार सोमबार दिउँसो सुदुर पश्चिम, कर्णाली र प्रदेश ५मा सामान्य बदली रही बाकी  प्रदेशहरूमा पूर्ण बदली  रहनेछ। 

यस्तै, प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको   सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यता, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ । 

त्यस्तै, राति प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी  प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप