सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज कहाँ कति थपिए कोरोना संक्रमित ? (तथ्यांकसहित)

सोमबार, ०१ असार २०७७, १६ : ५२
सोमबार, ०१ असार २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइतबार ४ सय ५१ जना नयाँ संक्रमित थपिएसँगै कूल संख्या ६ हजार २ सय ११ पुगेको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार वीरगञ्जमा भएको परीक्षणमा ११ जना, पोखरामा गरिएको परीक्षणमा ५ जना, सेती अस्पतालमा भएको परीक्षणमा ९ जना, भेरी अस्पताल प्रयोगशालामा २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा ५ जना, जनकपुरमा गरिएको परीक्षणमा २४ र भरतपुर अस्पतालमा भएको परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै रुपेन्देहीमा ७ जना, विराटनगरमा २५ जना, सुर्खेतमा भएको परीक्षणमा १ सय ७ जना, धुलिखेल अस्पतालमा ५ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ४३ जना, शिक्षण अस्पतालमा १ जना, हेटौंडामा २५ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा ३ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ सय ३९ जनामा पोजेटिभ देखिएको छ ।

पछिल्लो केही दिनयता सरकारले पीसीआर परीक्षण बढाएको छ । आइतबार ५ हजार ३ सय ६ गरी आजसम्म १ लाख ३८ हजार ६ सय ८३ वटा पीपीआर विधिबाट परीक्षण भएका छन् । आइतबार आरडिटी विधिबाट ८ हजार ६ सय १५ गरी अहिलेसम्म २ लाख १९ हजार ३ सय ३६ वटा परीक्षण भएका छन् । देशभरका आइसोलेसनमा अहिले ५ हजार १ सय ५१ जना उपचाररत रहेका छन् ।

आइतबार ६७ गरी अहिलेसम्म १ हजार जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले क्वारेन्टाइनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन् । सरकारले थप एक पीसीआर मेसिन जडान गरेको  छ । पोखरामा नयाँ मेसिन जडान भएसँगै देशभरी २२ स्थानबाट पीसीआर परीक्षण सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप