सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप ९ जनामा कोराना संक्रमण

सोमबार, ०१ असार २०७७, १७ : ०९
सोमबार, ०१ असार २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आईतबार सेती प्रादेशिक अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेमा अछाम जिल्लाको तुर्माखाद गाउँपालिका बस्ने वर्ष २३ का १ पुरुष, ढकारी गाउँपालिका बस्ने बर्ष २७ का १ पुरुष, कमलबजार नगरपालिका बस्ने ३१ वर्षका १ पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकृत दिलिप श्रेष्ठले जानकारी दिए । त्यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका बस्ने वर्ष ३ की १ बालिका, गोदावरी नगरपालिका बस्ने ४६  वर्षीय १ पुरुष, डोटीको दिपायल सिलगढी नगरपालिका बस्ने वर्ष ३० र ३७ का २ जना पुरुष, डोटी कै सायल गाउँपालिका बस्ने वर्ष २१ का १ महिला र वर्ष २८ का १ पुरुष रहेको उनले बताए ।

समाजिक विकास मन्त्रालयकाअनुसार आईतबार सेती प्रादेशिक अस्पताल धनगढी बाट १५, महाकाली बाट ४, डोटीबाट २, अछाम अस्पतालबाट २ गरी जम्मा २३ जना संक्रमित निको भएर गएको जनाईएको छ । हालसम्म  निको हुने संक्रमितको संख्या ४९ र मृत्यु हुने संक्रमितको संख्या २ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए । निको हुने र मृत्यु भएका व्यतिmको संख्या घटाउँदा यो प्रदेशमा संक्रमितको कृयाशील संख्या ११० रहेको उनले बताए ।  प्रदेशमा हालसम्म १०९१३ जनाको स्वाब नमुना संकलन गरिएको र ८८९० जनामा परीक्षण गरिएको छ । जसमध्ये  ८४२६ मा नगेटिभ रिपोट आएको उनले बताए ।


उनका अनुसार २०२३ जनाको रिपोर्ट आउन बाँकी छ र पोजिटिभ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  संक्रमितमध्ये  अछाममा १८, बैतडी ६, बझाङ्ग १४, बाजुरा २०, डडेल्धुरा ३९, दार्चुला १२, डोटी १३, कैलाली ८५, कञ्चनपुर ५४ गरी २६१  संक्रमित रहेका छन् । अहिलेसम्म आरडिटी विधिवाट ६५२७१ जनामा परीक्षण गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप