सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङमा थपिए ४३ जना, घर फर्किएका पनि संक्रमित

सोमबार, ०१ असार २०७७, १८ : २०
सोमबार, ०१ असार २०७७

दाङ । सोमवार दाङमा ४३ जना कोरोना संक्रमित थपिएका छन् । घोराही उपमहानगरपालिका ४२ जनामा र बंगलाचुली गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । थपिएका संक्रमित मध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिका–१७ का छन् । सो वडाका ४०, ४३, २९, ३०, ३०, २५, ४९, २४, ४६, २३, ४२, ५५, २०,१५,१४,१९ र ३४ वर्षका गरेर १७ जना छन् ।

उनीहरुमध्ये १ जना महिला रहेकी छिन् । पिसिआर परीक्षणको रिपोर्ट नआउँदै घर पठाइएका गोरक्षरत्ननाथ माध्यामिक विद्यालय चौघेरा क्वारेन्टाइनमा बसेका १३ जना र रात्री प्रावि क्वाडीबाट घर पठाइएका ४ जनामा कोरोना रिपोर्ट पोजिटिभ देखिएको हो । चौघेरा क्वारेन्टाइनमा बसेका ३५ जना मध्ये १६ जनालाई ४ दिन पहिले कोरोना रिपोर्ट नआउँदै घर पठाइएको थियो । घर फर्किएका मध्ये १३ जनाको रिपोर्ट पोजिटिभ आएको हो । जेठ २१ गते पिसिआर परीक्षणका लागि उनीहरुको स्वाव संकलन गरिएको थियो ।

४ दिनपछि रिपोर्ट पोजिटिभ आएपछि उनीहरुलाई आइसोलेसन सेन्टरमा राखिएको छ । उनीहरुको अवस्था सामान्य रहेको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाका संयोजक विकेश रेग्मीले बताए । घोराही उपमहानगरपालिका वडा नं. १८ को ७ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु २ जना वडाको आधारभू विद्यालय गिठेपानी क्वारेन्टाइनबाट रिपोर्ट नआउँदै घर फर्किएका थिए भने ४ जना आधारभूत विद्यालय बेलघारीको क्वारेन्टाइनबाट घर फर्किएका थिए । कोरोना संक्रमण देखिनेहरु घोराही–१८ का २४,३६,६०,३६,३३,४३ र ४६ वर्षका पुरुषहरु छन् । उनीहरुमध्ये १ जना स्वास्थ्यकर्मी हुन् ।

उनी नयाँ दिल्लीबाट जेठ ३ गते आएर क्वारेन्टाइनमा बसेका थिए । लामो समय क्वारेन्टाइनमा बस्दा पनि कोरोना परीक्षणको रिपोर्ट नआएपछि उनीहरु शनिवार घर फर्किएका थिए । घर फर्किएको दुई दिनपछि कोरोना संक्रमण देखिएपछि संक्रमितहरुलाई आइतबार राती र सोमवार बिहान घरबाट ल्यार घोराही–१० दक्षिण अम्राईको आइसोलेसन सेन्टरमा राखिएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिका–३ मा ३, वडा नं. ४ मा १० र ५ नम्वर वडामा ५ जना कोरोना संक्रमित थपिएका छन् । इन्चार्ज रेग्मीका अनुसार वडा नं. ३ मा ४१, ३३, ४८ वर्षका पुरुष रहेका छन् । वडा नं. ४ मा ५७,३१,३१,२२,३१,२०,१९,२१,२२,४१ र वडा नं. ५ मा १९,३५,१८,२४ र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ८३ जना पुगेको छ । त्यो मध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोना परिक्षणको रिपोर्ट आउन ढिलाई भएको भन्दै शनिबार घोराही उपमहानगरपालिका– १ को सिमलतार आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २८ घर फर्किएका थिए । त्यसैगरी घोराही उपमहानगरपालिका–६ को माध्यामिक विद्यालय जजरागाउँको क्वारेन्टाइनमा बसेका १८ र घोराही–१८ स्थित आधारभूत विद्यालय गिठेपानीबाट १३ जना घर फर्किएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप