ड्याट्सन गो र रेडी गो ‘बाइ नाउ पे इन २०२१’ अफरः ६ महिनासम्म इएमआई तथा व्याज केही नलाग्ने
काठमाडौं– नेपालमा ड्याट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले ‘बाइ नाउ पे इन २०२१’ योजना प्रस्तुत गरेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्ता आक्रान्त रहेको छ । नेपाली उपभोक्ताको समस्या तथा सीमिततालाई मध्यनजर गर्दै अझ सहज सुविधा सहित यस्तो योजना ल्याएको हो ।
यस योजनाअन्तर्गत ग्राहकले गाडी किनि सकेपछि ६ महिना अवधिसम्म कुनै पनि इएमआई तथा व्याज तिर्नुपर्ने छैन । उक्त अवधिको सम्पूर्ण दायित्व कम्पनिले बेहोर्ने छ । साथमा आकर्षक नगद छुट उपलब्ध रहनेछ । ड्याट्सन रेडी गो ०.८लि. र १.०लि. तथा डाट्सन गो शक्तिशाली १.२लि.इन्जिनका साथ बजारमा उपलब्ध छन् ।
गाडीको खरिदमा गाडीका विभिन्न एक्सेसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्योरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्गको सुबिधा, १ वर्षसम्मको सडक कर यो योजनाअन्तर्गत उपलब्ध रहनेछ । यो अफर स्टकको उपलब्धता सम्म रहनेछ । साथै शर्तहरु लागू हुने कम्पनीले जनाएको छ ।