सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुदुरपश्चिममा  कोरोना संक्रमितको क्रियाशील संख्या २७३ पुग्यो

सोमबार, ०१ असार २०७७, २२ : ५२
सोमबार, ०१ असार २०७७

कैलाली । सुदुरपश्चिम प्रदेशमा एकैदिन थप ६६ जनामा कोभिड–१९ संक्रमित पुष्टि भएपछि क्रियाशील संख्या २७३ पुगेको छ । आज सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६६ जनामा संक्रमण पोजिटिभ पुष्टि भएपछि प्रदेशमा कोरोना संक्रमित क्रियाशील संख्या २७३ पुगेको हो ।

प्रदेशमा यसअघि नै ५२ जना संक्रमित निको भई घर गइसकेका छन भने  २ जना संक्रमितको मृत्यु भइसकेको छ । प्रदेशमा हालसम्म ९०७४ जनाको पिसिआर बिधिबाट परीक्षण गरिएका मध्येबाट ८७४७ जनामा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

२२१६ जनाको रिपोट आउन बाँकी छ र पोजिटिभ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रदेशमा आरडिटी विधिवाट ७१२८५ जनामा परीक्षण गरिएको जनाइएको छ ।  प्रदेशभरका क्वारेन्टाइनमा अहिले ४२१६४ जना पुरुष र ८७५८ जना महिला  रहेको कार्कीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप