आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुशान्त सिंहको अन्तिम संस्कारमा सुनिल शेट्टी, विवेक ओबरोयदेखि श्रद्धा–कृतिको उपस्थिती (फोटोफिचर)

मङ्गलबार, ०२ असार २०७७, ०८ : ०९
मङ्गलबार, ०२ असार २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मुम्बइको विले पार्ले श्मशान घाटमा अन्तिम संस्कार गरियो । उनलाई बुवा केके सिंह र दिदीहरुले दागबत्ती दिए । यतिबेला उनका काकाका छोरा सांसद निरज सिंह बबूलको पनि उपस्थिती रह्यो । अन्तिम संस्कारमा नायिका कृति सेनन, श्रद्धा कपुर, नायक राजकुमार राव, सुनिल शेट्टी, विवेक ओबरोय, वरुण शर्मा, अर्जुन बिजलानी र थुप्रै टिभी कलाकारको उपस्थिती रह्यो ।

अन्तिम संस्कारमा जम्मा २५ व्यक्ति समावेश भए । परिवारले अस्तु पटना लैजानेछ । त्यसलाई गंगामा विसर्जन गरिनेछ । पोस्टमार्टमपछि सुशान्तको पार्थिव शरीरललाई कूपर अस्पतालमा राखिएको थियो । यहिँबाट अन्तिम यात्रा निकालियो । भाइ निरजका अनुसार परिवारले अन्तिम संस्कार पटनामा गर्न चाहेता पनि कोरोना महामारीका कारण प्रशासनले अनुमति नदिएको जानकारी दिए ।

कोरोना रिपोर्ट नेगेटिभ आयोः

सुशान्तको कोरोना परीक्षणसमेत गराइएको थियो । रिपोर्ट नेगेटिभ आयो । पोस्टमार्टममा उनको पासो लगाएका कारण नै मृत्यु भएको बताइएको छ  । शरीरमा चोट वा जोर–जबरजस्तीका केही दाग छैनन् ।

सुशान्तकी साथी रिया चक्रवर्ती बिहान कूपर अस्पताल पुगिन् । यहाँ सुशान्तको शव राखिएको थियो । यसबारे प्रहरीले रियालाई सोधपुछ गर्नेछ ।

सुशान्तका परिवारका चार सदस्य पटनाबाट मुम्बई पुगे । मुम्बई एयरपोर्टबाट बाहिर निस्किरहेका सुशान्तका पिता केके सिंह (निलो टी सर्ट) । उनीसँग सुशान्तका काकाका छोरा निरज कुमार बबलू (सेता सर्टमा) छन् ।

कृति सेनन

श्रद्धा कपुर

सुनिल शेट्टी

विवेक ओबरोय

अबेर राती साथी र बिहान दिदीलाई फोन गरेका थिएः

जानकारीका अनुसार सुशान्तले शनिबार राती पौने १ बजे आफ्ना एक साथीलाई फोन गरे तर उनले फोन उठाएनन् । आइतबार बिहान सुशान्त उठे । ९ बजे अनारको जुस पिए । त्यसपछि मुम्बईमा बस्ने आफ्नी दिदीलाई फोन गरे त्यसपछि बेडरुम गए । दिउँसो करिब साढे १२ बजे उनका कुकले खानाका लागि ढोका ढक्ढकाए । मोबाइलमा फोन पनि गरे । तर कुनै जवाफ नआएपछि उनकी दिदीलाई फोन गरे । दिदी आएपछि चाबी बनाउने व्यक्तिलाई बोलाएर बेडरुमको ढोका खोल्दा सुशान्तको शव झुण्डिएको अवस्थामा फेला परेका थियो ।

शवको फोटो सेयर गर्नेमाथि हुनेछ कारवाहीः

सोसल मिडियामा सुशान्तको शवको फोटो भाइरल भइरहेको छ । यसका लागि महाराष्ट्र पुलिसको साइबर सेलले चेतावनी जारी गरेको छ । साइबर सेलले सुशान्तको शवको फोटो सेयर गर्नेविरुद्ध कानूनी कारवाही हुनेछ ।

भाइले भने – नोभेम्बर–डिसेम्बरसम्म विवाह हुने निश्चित थियो

सुशान्तका दाइ निरजका अनुसार फिल्म गुमाउनु आत्महत्याको कारण हुनसक्दैन । उनका अनुसार सुशान्त कुनै प्रकारको आर्थिक समस्याबाट पनि गज्रिएका थिएनन् । उनको विवाह नोभेम्बर–डिसेम्बरसम्म हुने निश्चित भएको थियो ।

स्रोतः दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप