सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाबाट विश्वमा ४ लाख ३९ हजार भन्दा बढीको मृत्यु, ८१ लाख भन्दा बढी संक्रमित (अपडेट)

मङ्गलबार, ०२ असार २०७७, १२ : ५७
मङ्गलबार, ०२ असार २०७७

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३९ हजार २०४ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८१ लाख १८ हजार ९०४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ । 

नेपाली समयानुसार मङ्गलबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ४२ लाख ३१  हजार ६४८ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३४ लाख ४८ हजार ५६ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ५६८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
 
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ८२ हजार ९५० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख १८ हजार २८३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा १४ लाख ६३ हजार १६० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६१ हजार ५६२ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २५ लाख १२ हजार ३४१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४६ हजार २१९ जनाको मृत्यु भएको छ । 

युरोपमा २२ लाख २० हजार ९० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८३ हजार २१५ को मृत्यु भएको छ । एसियामा १६ लाख ५९ हजार ४२२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४१ हजार २७६ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा २ लाख ५४ हजार २१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ७९३ जनाको मृत्यु भएको छ ।  ओसियानामा ८ हजार ९६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।  –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप