आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गोली हानाहानमा ७ तालिबानी लडाकू मारिए

मङ्गलबार, ०२ असार २०७७, १६ : २८
मङ्गलबार, ०२ असार २०७७

एजेन्सी । अफगानिस्तानको दक्षिण प्रान्त हेलमाण्डको गेरेशक जिल्लामा सुरक्षा अधिकारी र तालिबान लडाकूबीच भएको दोहोरो झडपमा परी सात लडाकू मारिएका जिल्ला प्रहरी प्रमुख मोहमद खपाल्वाकले बताउनु भएको छ ।  

मङ्गलबार बिहान सबेरै भएको यस दोहोरो झपडको क्रममा तालिबानी लडाकूहरु भागेका तर सात जनाको शव भने घटना स्थलमा फेला परेको बताइएको छ ।  

तालिबान लडाकू समूहले भने यस विषयमा हालसम्म कुनै टिप्पणी गरेका छैनन् । छिमेकमा पर्ने सङ्गीन जिल्लामा सोमबार यस्तै प्रकारको झडप भएको र यसमा परी अन्य तीन लडाकू मारिएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । –सिन्हवा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप