सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एयर टिकट इस्यू गर्ने सुविधा ट्राभल एजेन्टहरुले पाउनुपर्ने नाट्टाको माग

मङ्गलबार, ०२ असार २०७७, २० : ५६
मङ्गलबार, ०२ असार २०७७

काठमाडौं– नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट (नाट्टा)ले एयरलाइन्सहरुबाट सम्पूर्ण उडानका टिकट इस्यू गर्ने सुविधा नाट्टा सदस्यहरु (ट्राभल एजेन्टहरु)ले पाउनुपर्ने माग राखेको छ । 

नाट्टाले आज एक विज्ञप्ती जारी गरी एयरलाइन्सहरुले सञ्चालन गर्न तोकिएको भाडादर साथै उडानहरु प्रकाशित गरेकोमा केहि एयरलाइन्सहरुबाट एजेन्टहरुले टिकट इस्यू गरेबापत पाउनुपर्ने एजेन्ट कमिसन उल्लेख नगरेको साथै उक्त कमिसन तोकिएको भाडादर भित्रबाट उपलब्ध गराउन पनि माग गरेको छ । 

त्यसैगरी, विदेश स्थित कुटनैतिक नियोगहरुले तयार पारेको सूचीअनुसार रिपेट्रियसनहरु सँगै चार्टर्ड उडानहरुको टिकट इस्यू गर्नको लागि सम्पूर्ण नाट्टा सदस्यहरुले सम्वन्धित एयरलाइन्सबाट उक्त सुविधा पाउनुपर्ने माग गरेको छ ।

नाट्टाले वर्तमान अवस्थामा हुने रिपेट्रियसन र चार्टर्ड उडानहरुलाई व्यवस्थित, सर्वसुलभ र सस्तो दरमा सञ्चालनका लागि सम्बन्धित मन्त्रालय, क्यान तथा विभिन्न एयरलाइन्सहरुसँग वार्ता गर्दै आएको पनि जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप