बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

व्यवसायीको हठका कारण दशैंको अग्रिम टिकट बुकिङ खुलेन

बिहीबार, २२ भदौ २०७४, १५ : ४६
बिहीबार, २२ भदौ २०७४

 काठमाडौं– यातायात व्यवसायीले सरकारी प्रतिनिधिसँग यसअघि गरेको सहमति विपरित दशैंका अग्रिम टिकट बुकिङ खुला नगर्दा सर्वसाधारणले सास्ती पाएका छन् ।

 यता, यातायात व्यवसायी महासंघले भने सरकारले आफ्ना माग सुनुवाई नगरेकाले दसैँको अग्रिम टिकट बुकिङ खुला गर्न नसकिने बताएका छन् । यातायात व्यवस्था विभाग र व्यवसायीबीच गत भदौ १६ मा बसको छतमा सामान राख्न पाउनुपर्ने ,अस्थायी रुपमा बाटोका खाल्डोहरु पुर्नुपर्ने तथा भाडा समायोजन गर्न पाउनुपर्ने माग राखेका थिए । सरकारले व्यवसायीका मागमा हालसम्म कुनै कदम नचालेका कारण टिकट बुकिङ खुला नगरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । 

व्यवसायीको  छतमा सामान राख्न नपाएसम्म बुकिङ नखुलाउने अडानले दशैंमा घर फर्कने यात्रुहरु समस्यामा पर्ने भएका छन् । अग्रिम टिकटका लागि बिहिबार गोगंबुस्थित नयाँ वसपार्क पुगेका यात्रुहरु टिकट नपाउदा त्यसै फर्किएका थिए । 

यता यातायात व्यवस्था विभागका प्रवन्ध निर्देशक रुपनारायण भट्टराईले व्यवसायीले आंशिक रुपमा अग्रिम टिकट बुकिङ खुला गरेको बताए । उनले सडकको कारण देखाउदै लामो दुरीका धेरै स्थानमा टिकट बुकिङ खुला गरेपनि सुमो लगायतको भने टिकट नखुलेको बताए ।

 व्यवसायीले मुख्य रुपमा दशैंका बेला यात्रुहरुको धेरै सामान हुने भएकाले बसमा छत राख्न पाउनुपर्ने बताएदै आएका छन् । बसको क्यारियर राख्न पाउनुपर्ने माग पूरा नहुँदा सम्म अग्रिम टिकट बुकिङ खुल्ला गर्न नसकिने यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
सरकारले गत बर्षबाट यात्रु बोक्ने कुनै पनि बसमा छत राख्न नपाउने यातायात व्यवस्था ऐनमै व्यस्था गरेको थियो । त्यसका लागि ऐन नै परिवर्तन गर्नुपर्ने भएकाले तत्काल ति माग पुरा गर्न नसकिने यातायात व्यवस्था विभागका अधिकारीहरुको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप