सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारत–चीन सीमामा भएको झडपमा चिनियाँ कमान्डिङ अधिकारीसमेत ४० बढी मारिएको दाबी

बुधबार, ०३ असार २०७७, १२ : ५५
बुधबार, ०३ असार २०७७

भारतीय र चिनियाँ सैनिकबीच गालवान घाटीमा भएको झडपमा चीनका युनिटका कमान्डिङ अधिकारीसहित ४० बढी सैनिक मारिएको भारतीय समाचार माध्यमले न्यूज एजेन्सीलाई उद्धृत गर्दै दाबी गरेको छ । यद्यपि, चीनले यसबारे केही जानकारी दिएको छैन ।

यता भारतमा भने २० जनाको मृत्यु भएको र १ सय ३५ घाइतेमध्ये चार जवानको स्थिती चिन्ताजनक भएको बताइएको छ ।

तीन घण्टा चलेको यो झडप दुई परमाणु शक्ति सम्पन्न देशबीच लद्दाखमा १४ हजार फिट अग्लो गालवन भ्यालीमा भएको हो । उक्त हमलामा ढुङ्गा, लठ्ठी र धारिलो हतियार प्रयोग गरिएको थियो । त्यहि गालवन भ्यालीमा सन् १९६२ को युद्धमा ३३ भारतीयको ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप