सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अब सरकारी ई–कमर्सको अर्डर लिने र डेलिभरी गर्ने जिम्मा सस्तोडिललाई

बुधबार, ०३ असार २०७७, १५ : ००
बुधबार, ०३ असार २०७७

काठमाडौं– नेपाल सरकारको स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र नेपाली स्वामित्वको अग्रणी ई–कमर्स कम्पनी सस्तोडिल डटकम (sastodeal.com) बीच ब्यापार साझेदारी हुने भएको छ । यस साझेदारीसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ई–कमर्स सेवा सस्तोडिलले हेर्ने भएको हो । 

निजी ई–कमर्स कम्पनीसँग नेपाल सरकारले पहिलोपटक ब्यापार साझेदारी गरेको छ । नेपाली ई–कमर्स क्षेत्रमा यो ऐतिहासिक साझेदारी हो । साझेदारीसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा उपलब्ध सुपथ मूल्यका सामग्री ग्राहकले घरमै पाउने भएका छन् । साथै होम डेलिभरी निःशुल्क रहेको सस्तोडिल डटकमका निर्देशक एवम् सिइओ अमुन थापाले जानकारी दिए ।

कोभिड१९ को महामारीले गर्दा लकडाउन सुरु भएसँगै ई–कमर्स कम्पनीको माग ह्वात्तै बढेको थियोे । यसै सन्दर्भमा सरकारले पनि ई–कमर्स सेवा सुरु गरेको थियो । सो सुरुवातसँगै सहकार्यको प्रयास गरिएको र विभिन्न चरणमा तयारी गरी कामको मोडालिटी बनाएर सम्झौता गरिएको थापाले बताए । 

मोडालिटीअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सस्तोडिलको वेसाइटमा भेन्डरको रुपमा समेटिएको छ । ग्राहकले सस्तोडिलको वेबसाइट वा मोबाइल एप प्रयोग गरि अर्डर गर्न सक्नेछन् । हाल दाल, चामल, नुन, डीडीसीका उत्पादन लगायतका सामग्री सुचिकृत गरिएको छ ।

तत्काललाई काठमाडांै उपत्यकाको चक्रपथ भित्र मात्र डेलिभरी हुने बताइएको छ । अर्डर गरेको एक दिन भित्रै डेलिभरी हुने र कम्तीमा दुई हजार देखि बढिमा पाँच हजार समको अर्डर गर्न सकिने छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप