सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कालीकोटमा थप १४ जनामा कोरोना संक्रमण

बुधबार, ०३ असार २०७७, १७ : ३५
बुधबार, ०३ असार २०७७

कालिकोट । कालीकोटमा थप कोरोनाका १४ संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नंं २ का १९, २१, २१, २४, ३८ र  ६० वर्षीय पुरुष तथा वडा नं ३ का २३, ४२ र  ५० वर्षीय पुरुष र  १८, २२, ५१ वर्षीया महिलामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए । 

कोराना संक्रमित आइसोलेशनमा छन् ।  ‘संक्रमितको संख्या ४३ छ जसमध्ये १ जना बाजुराका छन् ’, उनले भने–  ‘२५ जना निको भएर घर गइसक्नुभएको छ । हाल आइसोलेशनमा १८ भर्ना हुनुभएको छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप